ललितपुरको एक दर्जन बढी ठाउँमा राति टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने


काठमाडौं । ललितपुरका एक दर्जन भन्दा धेरै ठाउँमा तीन दिन रातिको समयमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ । नेपाल दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका क्षेत्रहरुमा सञ्चालित फाइबर टु–द–होम नेटवर्ककको आख्तरिकम मर्मत–सम्भार कार्य गर्नुपरेकाले सेवा अवरुद्ध हुनसक्ने नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाटनले जनाएको छ।
आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औधोगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुने टेलिकमले जनाएको छ।
त्यसैगरी भोलि (साउन १ गते) ललितपुरको च्यासल, चाकुपाट, ज्वागल र पुल्चोक क्षेत्रमा सेवा अवरुद्ध हुने छ। यस्तै साउन २ गते जाउलाखेल, एकान्तकुना खरिबोट, मनिमण्डल, सानेपा र धोबिघाट क्षेत्रमा टेलिफोन, इन्टरनेट र टीभी सेवा अवरुद्ध हुने छ।