Ad Image

व्यास नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने ९ किलोमिटर सडक कालोपत्र

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ranitari-ghumti-sadak.jpg

दमौली । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ । कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

रानीटारीबाट घुम्तीसम्मको दूरी ९‍२ किलोमिटर छ । त्यसमध्ये ७‍३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छभने १‍९ किलोमिटर ढलान गरिएको छ ।