Ad Image

सहकारीका कर्मचारीलाई दुर्व्यवहार गर्ने महिलाविरुद्ध पक्राउ पुर्जी जारी

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/arrest-warrant-copy.jpg

काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा सहकारीका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा दुई महिलाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेलाई ऋण तिर्न घर बोलाएर जुत्ताको माला लगाएको, गालीगलौज र हातपात गरेको आरोप लागेको हो ।

अभद्र व्यवहारको उजुरीपछि ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको मोरङ प्रहरीले जनाएको छ ।

भिडियो खिच्ने दुर्गामाया र जुत्ताको माला लगाउने माया मगर मोबाइल अफ गरेर फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ ।