Ad Image

अमेरिकाबाट १९ जना नेपाली डिपोर्ट : ट्रम्पकालमा डिपोर्ट हुनेको संख्या १९७ पुग्यो

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/illegal-immigrants.jpg

काठमाडौं । अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । योसँगै डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएयता डिपोर्ट हुनेको सङ्ख्या १९७ पुगेको छ । अध्यागमन विभागका अनुसार, जेठ २५ मा चार्टर्ड विमानमा ३७ जना आएपछि अहिले नियमित उडानमार्फत डिपोर्ट भइरहेका छन् ।

डिपोर्ट हुने अधिकांश अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्नेहरू छन्, जसले मानव तस्करलाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए । मध्यपूर्वी मुलुक, युरोप र दक्षिण अमेरिका हुँदै उनीहरूलाई उत्तरी अमेरिका पुर्याइन्थ्यो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलमा सोधपुछ गरे पनि, डिपोर्ट भएकाहरूले मानव तस्करीमा संलग्न गिरोहबारे कुनै सूचना दिएनन् । उनीहरूले आफूलाई पठाउने व्यक्ति गाउँघरकै चिनजानका हुने र पुनः विदेश पठाइदिने आश्वासन दिने भएकाले उजुरी गर्न नमान्ने प्रहरीको भनाइ छ ।