यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को जेलमा विभिन्न घटनामा परेर सजाय काटिरहेका १२० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।
इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद अल–अदाहको अवसरमा यूएई सरकारले उनीहरूको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।
यूएईको आबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको छ ।