Ad Image

पदभार ग्रहण गर्दै मन्त्री न्यौपानेले भनिन्– ‘प्रशासनिक सङ्घीयता सुदृढ बनाउँछु’

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RS-KTM-RATL0444.jpg

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक सङ्घीयतालाई सुदृढ बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएकी छन् ।

बुधवार साँझ मन्त्री पदको शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रशासनिक सङ्घीयतालाई बलियो नबनाई सङ्घीयता सुदृढ हुन नसक्नेमा जोड दिँदै उनले तीन तहका कर्मचारी व्यवस्थापनमा रहेका समस्या समाधान गर्ने दाबी गरिन् ।

मन्त्री न्यौपानेले जनतालाई छिटो र छरितो सेवा प्रवाह गर्ने कुरामा पनि आफ्नो प्राथमिकता रहने बताइन् । उनले आफूले जनतालाई आभाष हुने गरी कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।