Ad Image

नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ : मन्त्री चौधरी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tejuuu.jpg

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित भइरहेको बताएका छन् । 

युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल सङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा मन्त्री चौधरीले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा वृद्धिमा पहल गरिनेसमेत बताए ।

उनले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउँदै सुशासन, पारदर्शीता र सुदृढीकरणमा जोड दिए ।