Ad Image

नयाँ आर्थिक वर्ष सुरु : असार मसान्तसम्म १५ खर्ब मात्रै खर्च, पुँजीगततर्फ झनै दयनीय

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/finance_ministry22_yhb95CNz2o.jpg

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२\८३ आजदेखि सुरु भएको छ । सरकारले जेठ १५ मा सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आजदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको छ ।

यसमध्ये चालु बजेटमा ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगतमा ४ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब विनियोजन गरिएको छ । सरकारले ल्याएका नयाँ करका दरहरू पनि आजैदेखि लागू भएका छन् ।

यससँगै, गत आर्थिक वर्ष २०८१\८२ मा भने सरकारले लक्ष्यको ८२% मात्र बजेट खर्च गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । १८ खर्ब ६० अर्बको बजेटमध्ये असार मसान्तसम्म १५ खर्ब २३ अर्ब १० करोड मात्र खर्च भएको छ, जुन लक्ष्यको ८१.८७% हो ।

पुँजीगत खर्च अझै दयनीय देखिएको  छ। विनियोजित ३ खर्ब ५२ अर्बमध्ये २ खर्ब २२ अर्ब मात्र खर्च भयो, जुन लक्ष्यको ६३.२% हो । 

चालु खर्च ८५.९५% र वित्तीय व्यवस्थातर्फको बजेट ८७.१४% मात्र खर्च भएको महालेखाको तथ्यांक छ । सरकारको आम्दानी र खर्चबीच ३ खर्बभन्दा बढीको खाडल देखिएको छ, जसको पूर्तिका लागि आन्तरिक तथा बाह्य ऋण उठाइएको थियो ।