Ad Image

अडिओ काण्डमा मुछिएका भूमिमन्त्री अधिकारीको पत्रकार सम्मेलन सुरु

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/9a11c44d-cc2a-4aa6-bbb8-9e12652c29ba.jpeg

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज दिउँसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन सुरु गरेका छन् ।

पोखराको १३५ रोपनी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको दाबीसहित नयाँ अडियो क्लिप सार्वजनिक भएपछि उनी पत्रकार सम्मेलन गर्न बाध्य भएका हुन् ।

यसअघि, यसै प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । नयाँ अडियोमा मन्त्री अधिकारी, उनका छोरा मनोज, पूर्वमन्त्री गुप्ता र तत्कालीन सचिव अर्जुन पोखरेल लगायतको नाम जोडिएको सुनिन्छ ।

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख, गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ, जसमा कुल डेढ करोड खर्च भएको उल्लेख छ ।