रास्वपाको हस्ताक्षर अभियानमा २५ लाखको आँकडा
No Author Assigned | २०८२ साउन १ गते ११:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै चलाएको हस्ताक्षर अभियानमा हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक दीपक बोहराले यो अनुमानित तथ्याङ्क र खर्च विवरण सार्वजनिक गरेका हुन् । रास्वपाले असार ७ गतेदेखि सुरु गरेको यो अभियानमा लामिछानेलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको आरोप लगाएको छ ।
बोहराका अनुसार, देश–विदेशका विभिन्न माध्यमबाट हस्ताक्षर सङ्कलन जारी रहेकाले यो तथ्याङ्क अझै बढ्न सक्नेछ । अभियानलाई थप प्रभावकारी बनाउन साउन ५ गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गरिने बोहराले बताए ।
उनले सभापतिको अपिलका पाँच लाख प्रति र २ लाख हस्ताक्षर फारम पठाइसकिएको जानकारी पनि दिए । हस्ताक्षर अभियानमा हालसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भएको बोहराले जिकिर गरेका छन् ।
Facebook Comments