व्यास नगरपालिकाद्वारा २ सय ४३ जना गर्भवतीलाई पोषण रकम प्रदान


तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २ सय ४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ ।
गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत जनही रु पाँच हजारका दरले २ सय ४३ लाई रु १२ लाख २५ हजार रकम वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।
गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले रकमको व्यवस्था गरिएको उनले बताए। आर्थिक रूपमा कमजोर महिलालाई उक्त रकम प्रदान गरिएको हो ।
नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिनामा) स्वास्थ्य जाँच गरेका गर्भवतीलाई आठ महिनापछि रु पाँच हजार प्रदान गर्ने कानुनी व्यवस्था छ ।
यसैबीच, पालिकाले ५६ जनालाई अपाङ्गता र १२४ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको जनाएको छ ।