Ad Image

वातावरण र अपाङ्गमैत्री सडक संरचना निर्माणमा सरकारको ध्यान : मन्त्री दाहाल

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/krb_ktm_U3A0292(1).jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले वातावरणमैत्री र अपाङ्गमैत्री सडक संरचना निर्माणमा विशेष ध्यान दिइरहेको बताएका छन् ।

पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा बोल्दै मन्त्री दाहालले संविधान र मन्त्रालयको नीतिअनुसार यस दिशामा काम भइरहेको जानकारी दिए ।

उनले ठाउँ–ठाउँमा लिफ्टको व्यवस्था गर्ने र आकाशे पुल बनाउने योजनाबद्ध रूपमा काम भइरहेको उल्लेख गरे । ‘ज्येष्ठ नागरिकहरूका लागि लिफ्टसहितको आकाशे पुल बनाउने प्रस्ताव अघि सारेका छौँ र दाताहरूसँग पनि अनुरोध गरेका छौँ,’ मन्त्री दाहालले भने ।

यद्यपि, उनले आर्थिक अभावका कारण निर्माण कार्य सुस्त भइरहेको स्वीकारे । ‘बसुन्धराभन्दा अगाडि बनाउन नसक्नुको कारण नेपाल सरकारले मुआब्जा दिन नसक्नु हो,’ उनले थपे, ‘कोटेश्वरसम्म नै जोड्नुपर्ने भए पनि रकम थोरै भएकाले कामको गति धिमा छ।’