Ad Image

दिल्लीका विद्यालय र कलेजलाई बमले उडाइदिने धम्की

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/PTI07_18_2025_000014B.jpg

एजेन्सी । दिल्लीका २० भन्दा बढी विद्यालय र कलेजहरूमा इमेलमार्फत बमको धम्की आइरहेको अधिकारीहरूले बताएका छन् । पछिल्लो तीन दिनमा यस्ता धम्की बढेपछि प्रहरीले केही विद्यालयहरूलाई अस्थायी रूपमा बन्द गरेको छ ।

प्रहरीका अनुसार, आज बिहान पश्चिम विहारको रिचमन्ड ग्लोबल स्कुललाई बिहान ४ः५५ बजे इमेलमार्फत बमले उडाइदिने धम्की प्राप्त भएको थियो । धम्की आउनेबित्तिकै दमकल विभाग, दिल्ली प्रहरी, बम स्क्वाड र कुकुर स्क्वाडको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो । 

हालसम्म कुनै शंकास्पद वस्तु फेला परेको छैन । रोहिणी सेक्टर ३ मा रहेको अभिनव पब्लिक स्कुलमा पनि यस्तै धम्की आएको खबर छ । दिल्ली अग्नि सेवा विभागले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।