‘ग्लोबल हिरो अवार्ड’ ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने


काठमाडौं । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड राप्रपाका नेता ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिने भएको छ ।
यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहमा प्रदान गरिनेछ ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ ।
न्युयोर्कमा आयोजना हुने यस कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ ।