कांग्रेस–एमाले गठबन्धनका कारण देश संकटमा पर्यो : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धन सरकारका कारण देश राजनीतिक संकटमा फसेको बताएका छन् ।
शुक्रबार एकीकृत समाजवादी र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानबीचको एकता घोषणा सभामा बोल्दै खनालले यो संकटबाट पार पाउन वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे ।
नेता खनालले वर्तमान सरकारमा दुई ठूला दल सहभागी भए पनि जनपक्षीय नीति तथा कार्यक्रम नभएको भन्दै यसले देशलाई भयावह राजनीतिक संकटमा धकेलेको बताए ।
उनले २०७५ सालमा एमाले र माओवादी एकताबद्ध भएर दुई तिहाइ मत प्राप्त गरे पनि ‘दक्षिणपन्थी अवसरवाद’ हावी भएका कारण कम्युनिस्ट आन्दोलनले क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति र गरिबी निवारण बिर्सिएको आरोप लगाए ।