Ad Image

अब बेलायतमा १६ वर्षका युवाले पनि मतदान गर्न पाउने

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/election-uk.jpg

लन्डन । बेलायत सरकारले १६ र १७ वर्षका युवालाई मतदानको अधिकार दिने घोषणा गरेको छ । यो निर्णयलाई बेलायतको लोकतन्त्रको इतिहासमा एउटा महत्वपूर्ण टर्निङ प्वाइन्ट मानिएको छ । यो परिवर्तनसँगै बेलायतका करिब १६ लाख किशोर किशोरीहरूलाई मतदाताको रूपमा समावेश गरिनेछ।

६ करोड ८० लाख जनसङ्ख्या भएको मुलुकमा यो अहिलेसम्मकै ठूलो मतदान विस्तार भएको बताइएको छ । यसअघि ५० वर्षअघि मतदानको उमेर २१ बाट १८ वर्षमा झारेको थियो । बेलायतमा यसअघि नै स्थानीय संसद र स्कटल्याण्ड र वेल्सको निर्वाचनमा १६ वर्षको उमेरमा मतदान गर्ने व्यवस्था थियो तर अब यो सम्पूर्ण बेलायतमा लागू हुनेछ ।

युवाहरूलाई समयमै मतदान गर्ने अधिकार दिने बेलायत मात्र होइन। अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना, माल्टा, क्युवा, इक्वेडर, निकारागुआ र बेलायतको आफ्नै इलाका आइल अफ म्यान, ग्वेर्नसे, जर्सी र फकल्याण्ड टापुमा १६ वर्षको उमेरदेखि मतदान गर्न पाइन्छ । यी देशहरूमा कतिपय ठाउँहरूमा यो अधिकार ऐच्छिक छ अर्थात् तपाईं चाहनुहुन्छ भने मतदान गर्नुहोस्, अन्यथा होइन् जबकी केही देशहरूमा यो अनिवार्य पनि छ। उदाहरणका लागि ब्राजिलमा १८ देखि ७० वर्ष उमेर समूहका मानिसहरूका लागि मतदान अनिवार्य छ तर १६ र १७ वर्षका लागि यो ऐच्छिक छ।