Ad Image

प्रशासनले खोल्यो रुरुक्षेत्र गाउँपालिकामा एमालेले लगाएको ताला

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tala2.PNG

गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा एमाले गाउँ कमिटीले लगाएको ताला प्रशासनले खोलेको छ । स्मार्ट बोर्ड खरिद प्रक्रियामा अनियमितता भएको भन्दै एमाले गाउँ कमिटीले पालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा लगाएको ताला शुक्रवार खोलिएको हो । 

गत असार ३० गते एमालेबाट निर्वाचित पालिका उपाध्यक्ष मीना गौतमसहितका जनप्रतिनिधिहरूले हस्ताक्षर गराएर एमालले ताला लगाएको थियो । ताला खोलिएपछि एमालेले आपत्ति जनाउँदै विरोध गरेको छ ।  एमाले रुरुक्षेत्र गाउँकमिटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूको आन्दोलन र मागको बेवास्ता गर्दै प्रशासनले ताला खोल्नु अलोकतान्त्रिक र हस्तक्षेपपूर्ण रहेको जनाएको छ ।