Ad Image

कालिका नगरपालिकाले सुरु गरेको ‘स्मार्ट ठेगाना प्रणाली’बारे अमेरिकामा छलफल

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mayor kalika.jpg

काठमाडौं । चितवनको कालिका नगरपालिकाले सुरु गरेको जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने कार्य (स्मार्ट ठेगाना प्रणाली) बारे अमेरिकामा छलफल भएको छ । 

अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसँग गैरआवासीय नेपाली, त्यहाँस्थित नेपाली राजदूत तथा सहभागी राजनीतिज्ञरुले अमेरिकी राजधानी वासिङ्टन डिसीमा प्रयोग गरिएको यो प्रणाली कालिकाले अवलम्बन गरेकामा प्रशंसा गरे ।

डिसीस्थित नेपाली राजदूतावासमा भएको छलफलमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले कालिका नगरपालिकाले सुरु गरेको स्मार्ट ठेगाना प्रणालीको प्रशंसा गरेको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

आज भर्जिनियामा भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा पनि जिपिएस प्रणालीबाट घर नम्बर राख्नेबारे आफूले जानकारी दिएको उनले बताए । कालिकाले जिपिएस प्रणालीबाट नगरको नक्साङ्कन, सडक रेखाङ्कन र नामकरण थालेको छ ।