नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले प्रशंसा अभियान चलाउने
No Author Assigned | २०८२ साउन ३ गते ०९:१८काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ। शनिवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै पार्टीका महासचिव सोनाम सिंह स्याङतानले उक्त जानकारी दिएका हुन् ।
उनले यसअघि चलाएको प्रशंसा अभियान प्रभावकारी भएकाले पुनः अभियान चलाउन लागिएको बताएका छन्।
प्रशंसा अभियान–२ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय भएको उनले बताए। उनले भने, ‘प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो । जनताको मुद्दाहरु हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो । तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ। अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौं ।’
०८४ को निर्वाचन आउन करिव डेढ वर्ष बाँकी रहँदा पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर अघि बढिरहेको पनि उनले बताए।
Facebook Comments