Ad Image

भारी वर्षाको जोखिमपछि विपद् प्रतिकार्य तयारी गर्न प्रचण्डको आग्रह

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachand1.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औंल्याएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकारलाई विपद् प्रतिकार्यको तयारी थाल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रचण्डले वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै नदी किनार, डुबान हुने होचो भूभाग र पहिरोको उच्च जोखिममा रहेका सबैलाई सतर्क रहन आग्रह गरेका हुन् । उनले स्थानीय प्रशासन र सम्बन्धित निकायहरूको सूचना पालना गर्न तथा आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिएका छन् ।

प्रचण्डले सरकारलाई विपद् पूर्व–व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न अनुरोध गरेका छन् । साथै, उनले पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग पुर्याउन, जनतालाई समयमै सूचना दिन र आवश्यक राहत तथा सुरक्षाका उपायहरूमा सक्रिय रहन अपिल समेत गरेका छन् ।