Ad Image

हेवा खोलाको डाइभर्सन बाढीले भत्काएपछि मेची राजमार्ग अवरुद्ध

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Tamor-Coridor.jpg

विराटनगर । निरन्तरको वर्षासँगै हेवा खोलामा आएको बाढीले डाइभर्सन भत्काएपछि मेची राजमार्ग अवरुद्ध भएको छ । अवरोधका कारण ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार पानीको बहाव डाइभर्सनमाथिबाट जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाव घटेपछि डाइभर्सन मर्मत गरी राजमार्ग सञ्चालन गरिने उनले बताए ।

हेवा खोलामा २०८० असारमा आएको बाढीले पुल बगाएको थियो, भने गत असोज १२ गते आएको बाढीले बनाइएको बेलिब्रिज पनि बगाएको थियो । त्यसपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । 

गत जेठ ३१ गते फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलाको बेलिब्रिज निर्माण सम्पन्न भएकै दिन भाँचिएको थियो । मेची राजमार्गसँगै तमोर करिडोर पनि पहिरोका कारण अवरुद्ध छ ।