Ad Image

काठमाडौं महानगरले छात्रवृत्तिका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kathmandu mahanagar.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२\०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीहरूले आफ्नो प्राप्त पासवर्ड र विवरणबाट लगइन गरी नतिजा हेर्न सक्नेछन् ।

महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४,१७३ विद्यार्थीले ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा सहभागिता जनाएका थिए ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान, अंग्रेजी र सामान्य ज्ञानबाट कुल १०० वटा बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए । गलत उत्तरमा नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक पर्ने शिक्षा विभागले जनाएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्