Ad Image

छलफलका लागि शेखरले बोलाए आफू निकट सांसदहरू, पार्टीभित्र हलचल

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shekhar-koiraladfjkfhff.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदहरूलाई दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा छलफलका लागि बोलाएका छन् । 

संस्थापन इतरका एक नेताले बैठक जारी रहेको पुष्टि गरेका छन्, जसले पार्टीभित्र हलचल मच्चाएको छ । पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि भेटघाट तीव्र पारेका छन् ।

उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग उनीहरूकै निवासमा गएर भेटेका थिए ।

कोइराला निकट स्रोतका अनुसार, उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेटघाट गर्दैछन्, जसले नेपाली राजनीतिमा नयाँ समीकरणको सम्भावना देखाएको छ ।