राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन हस्तान्तरण


मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा आज राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशको आर्थिक वर्ष २०८१\८२ को प्रतिवेदन बुझाइएको छ ।
प्रमुख खापुङलाई नेपालको संविधान धारा २९४ को उपधारा (३) बमोजिम आयोगका सचिव मुरारीप्रसाद खरेलले वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले प्रतिवेदन ग्रहण गर्दै मुलुकले नागरिकको मानवअधिकार रक्षाका निम्ति विगतदेखि कार्य गरिरहेको बताए ।
प्रदेश प्रमुख खापुङले मुलुकमा भएका कुप्रथा, कुसंस्कार, लैङ्गिक हिंसाको अन्त्य, जातिय विभेदजस्ता कार्यले नागरिकको मानवअधिकार हनन हुने गरेकाले यसको रोकथामतर्फ आयोग विशेष सचेत भई कार्य गरी मानवअधिकारको संरक्षण र संवद्र्धनमा लाग्न सुझाव दिए ।
आयोगका कोशी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले प्रदेश सरकारले कानुन तथा नीति निर्माण गर्दा ‘मानव अधिकार मैत्री’ बनाउन सुझाव दिए ।