नाबालिग भतिजीको बला*त्कारपछि ह*त्या : मोरङका अनीशलाई जन्मकैद सजाय


विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ५ का २२ वर्षीय अनीश सरदारलाई नाबालिग भतिजीको बलात्कारपछि हत्या आरोपमा जिल्ला अदालत मोरङले आजीवन कारावासको सजाय सुनाएको छ ।
गत असार १४ गते राति अनीशले ७ वर्षीया नाबालिगको जबर्जस्ती करणी गरी हत्या गरेर शव दुर्गा आधारभूत विद्यालय नजिक राखेका थिए । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अनिषविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
सोमबार बयानका क्रममा अनीशले कसुर स्वीकार गरेपछि न्यायाधीश बाबुराम सुवेदीको इजलासले थुनछेक बहसकै दिन मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिए ।
अदालतले अनीशलाई ७ लाख रुपैयाँ जरिबाना र मृतकका परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।