एमालेको सदस्य संख्या २८ प्रतिशतले वृद्धि, साढे ६ लाख पुग्यो


काठमाडौं । नेकपा एमालेको पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन् ।
केन्द्रीय कमिटी बैठकमा संगठनात्मक अवस्थाबारे जानकारी दिँदै पोखरेलले पार्टी सदस्य संख्यामा उल्लेख्य वृद्धि भएको बताएका हुन् ।
संगठन विभाग सदस्य विशाल भट्टराईका अनुसार बढेको संख्यासहित अब एमालेको कुल पार्टी सदस्य साढे ६ लाख पुगेको छ ।
एमालेले कूल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य लिएको छ र सोहीअनुसार विभिन्न मिसन सञ्चालन गर्दै आएको छ ।