Ad Image

शेयर लगानीकर्ता अग्रवालसहित तीन जना पक्राउ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । प्रहरीले मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर लगानीकर्तालाई पक्राउ गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट निज दीपेन्द्र अग्रवालसमेतले शेयर दिलाई दिने भन्दै खातामा रु छ करोड ४५ लाख रकम हाल्न लगाई सो रकम फिर्ता नगरेको र शेयर पनि नदिलाएकाले ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरीका आधारमा आज पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार ठगी तथा आपराधिक विश्वासघात मुद्दा शीर्षकमा गत असार ३० गते मुद्दा दर्ता भई काठमाडौं जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।