दिक्तेलका मेयर भट्टराईद्वारा भोक हडतालको घोषणा


काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बाँस तथा बाँसजन्य कच्चा पदार्थको सदुपयोगका लागि नीतिगत व्यवस्थाको माग गर्दै माइतीघर मण्डलामा भोक हडताल बस्ने घोषणा गरेका छन् ।
साउन ११ गतेबाट सुरु हुने यो हडतालका क्रममा तीन दिनभित्र माग सम्बोधन नभए साउन १४ गते देखि आमरण अनशनमा उत्रिने उनले चेतावनी दिएका छन् ।
मेयर भट्टराईले बाँसको महत्त्व र यसको आर्थिक अवस्थालाई उजागर गर्न नगरपालिकाले गत फागुनमा राष्ट्रिय बाँस सम्मेलन समेत आयोजना गरेको थियो । भट्टराई बाँसको महत्त्व बुझाउन बाँस र त्यसबाट बनेका सामग्रीहरू बोकेरै काठमाडौं पुगेका छन् ।