Ad Image

डिशहोमले ल्यायो ‘खुसीको बोनस’ : विजेताले पाउनेछन् ३६५ दिन निःशुल्क इन्टरनेट

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/365 day bonus.jpg

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि ‘खुसीको बोनस’, ३६५ दिन नै बोनस’ नामक एक विशेष योजना सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत, वार्षिक रूपमा नयाँ इन्टरनेट जडान गर्ने वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने ‘लक्की ड्र’मा सहभागी हुन पाउनेछन् ।

यस योजनामार्फत कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन् । तीमध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन् । यी सबै विजेताले ३६५ दिनको इन्टरनेट बोनस (अर्थात् एक वर्षको इन्टरनेट निःशुल्क) प्राप्त गर्ने अवसर पाउनेछन् ।

डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको बताएको छ । विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ । यदि शुक्रबार सम्भव नभएमा आइतबार साँझ ५ बजे घोषणा गरिने जनाइएको छ ।

डिशहोमले सधैँ ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धताका साथ अघि बढेको र ‘३६५ दिन बोनस’ योजना यसैको प्रमाण भएको जनाएको छ, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउने विश्वास व्यक्त गरेको छ ।