Ad Image

मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Cabinert-Meeting-2082-4-7-1024x544.jpg

काठमाडौं । सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै यो घोषणा गरिएको छ । 

यसका साथै, आवश्यक मात्रामा वर्षा नहुँदा प्रदेशका विभिन्न जिल्लामा खानेपानीको समेत चरम अभाव भएको छ, जसले भूमिगत पानीका स्रोतहरू जस्तै इनार र ट्युबवेलमा समेत पानी आउन बन्द भएको छ ।

यसअघि असार २६ गते मधेश प्रदेश सरकारले पनि प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । हाल मधेश प्रदेश खडेरी र सुक्खाको गम्भीर मारमा परेको छ ।