थाइल्यान्ड–कम्बोडियाबीच सीमा विवाद : गो*लीबारी र हवाई आ*क्रमण

User Image मेयरसाप डेस्क | ४ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aakraman.jpg

काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद चर्किएको छ ।

थाई रक्षा मन्त्रालयका अनुसार, कम्बोडियाका अधिकारीहरूले सुरिन प्रान्तको आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एक थाई नागरिकको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् ।

गोलीबारीपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ ।

बेलायती अखबार द गार्डियनका अनुसार, कम्बोडियाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिकै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकैको सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको बताएको छ ।

यो क्षेत्र थाई नागरिक मारिएको ठाउँ नजिकै पर्छ । यस घटनाले दुई देशबीचको सीमा तनाव थप बढाएको छ ।


Facebook Comments