पाइप चोरीको रिपोर्टिङ गर्दा पत्रकार यादवलाई ज्यान मार्ने धम्की

User Image मेयरसाप डेस्क | ४ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raunak yadab.jpg

सिरहा । सिरहामा गत असार ३० गते करिब ११ बजे राति पाइप चोरीको प्रत्यक्ष प्रसारण (लाइभ) गरेका पत्रकार रौनक यादवलाई ज्यान मार्ने धम्की आएको छ । उनले सामाजिक सञ्जालमा स्थानीय अरुण यादवले पाइप चोरी गरिरहेको दृश्य सार्वजनिक गरेपछि यो घटना भएको हो ।

पत्रकार यादवका अनुसार, स्थानीय स्तरमा आयोजित ’नीति तथा कार्यक्रम’को मञ्चबाटै उग्नारायण यादव नामका व्यक्तिले उनलाई सार्वजनिक रूपमा धम्की दिएका छन् । यति मात्र नभई, ती व्यक्तिले पत्रकार यादवका बुबालाई समेत ज्यान मार्ने धम्की दिएको जनाइएको छ ।

स्थानीय एक पसलमा अरुण यादव भन्ने व्यक्तिले पत्रकार यादवका बुबालाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । उनले धम्की दिँदै भनेका थिए, ‘तिम्रो छोरोले रिपोर्टिङ किन गर्यो? तँलाई पनि नसङ्घार्दिन्छु, अनि तेरो छोरालाई पनि ।’

प्रहरीको उपस्थितिमा नै अरुण यादवले पत्रकार यादवका बुबालाई “छातीको हड्डी नै भाँचिदिन्छु“ भन्दै धम्की समेत दिएका थिए । यस घटनाले पत्रकारको सुरक्षा र कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।


Facebook Comments