Ad Image

पाँच सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती सरकारको ताकेता

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/samasyagrasta_sahakari_byabasthapan.jpg

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न निर्देशन दिएको छ । 

शुक्रबार बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले सूचना जारी गर्दै पाँच सहकारी संस्थाका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरेको हो । 

कार्यालयले सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न ऋणीहरुलाई भनिएको हो ।

सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।

ती सहकारी संस्थाका ऋणीहरुले भदौ ३१ गतेभित्र पनि ऋण नबुझाएमा साँवा, ब्याज र हर्जाना समेत गणना गरी ऋण असुल गर्ने र ऋण असुली सम्बन्धी आवश्यक कानुनी काबार्हीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।