बुढाबुढीको झगडा छुट्याउन जाँदा भाइले गरे खुकुरी प्र*हार, दाइको मृ*त्यु


सिरहा । सिरहामा श्रीमान श्रीमतीबीचको झगडा छुट्याउन गएका दाइमाथि भाइले खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका–३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफ्नै दाइमाथि खुकुरी प्रहार गर्दा बिहीबार राति ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो।
श्याम र उनकी श्रीमती कौशिल्या देवी सदाबीच घरायसी विवादका कारण झै–झगडा भएर कुटपिट समेत हुन थालेपछि मोतिराम छुट्याउन गएका थिए । झागडा छुट्याउन गएका दाइमाथि नै श्यामले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट छातिमा गम्भिर घाउ लागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइएपनि अस्पतलले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जानकारी दिए । उनले खुकुरी प्रहारगरी जंगलतर्फ भागेका श्यामको रातिबाटै खोजि कार्य भइरहेको समेत बताए ।
मृतकको शव पोष्टमार्टमको लागि अस्पतालमै राखिएको छ ।