निजामती विधेयकमा राष्ट्रियसभामा ४३ सांसदद्वारा संशोधन प्रस्ताव (सूचीसहित)


काठमाडौं । राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा १६ समूहका ४३ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
विशेषगरी, ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा दलहरूबीच फरक मत देखिएको छ । नेकपा एमालेका पाँच जना सांसदले प्रतिनिधिसभामा भएको सहमतिभन्दा फरक, कुलिङ अफ पिरियडको प्रावधान नै नराख्न संशोधन हालेका छन् ।
यता, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले ’कुलिङ अफ पिरियड’ २ वर्ष नै राख्नुपर्ने प्रस्ताव गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यसको अवधि ३ वर्ष पुर्याउनुपर्ने माग राखेको छ ।