Ad Image

‘कुलिङ पिरियड’मा एमालेको संशोधनप्रति कांग्रेसको आपत्ति

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Congress-9_t1FNzRK0u1.jpg

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रियसभामा पुगेको निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउन एमालेका ५ सांसदले संशोधन प्रस्ताव हालेकोप्रति आपत्ति जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको नेता अर्जुननरसिंह केसीले बताए ।

उनले संसदीय दलको निर्णय भन्दै संशोधन प्रस्ताव दर्ता गरिएकोमा आपत्ति जनाउँदै, सरकारले संयुक्त छलफलबाट ल्याएको प्रावधानमा यस्तो हुनु भारी आपत्तिजनक रहेको र यसलाई गठबन्धन सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने बताए ।

केसीले भूमि विधेयकमा मतभेद पहिल्यैदेखि रहेको र अब समितिले छलफल गरी निष्कर्षमा पुर्याउने विश्वास व्यक्त गरे ।