नेता खनाल भन्छन्–मैले सुनिरहेको छु, नेपाल र भारतबीच सुपदर्गी सन्धी हुँदैछ


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको सुन्न आएको बताएका छन् । पुष्पलालको जन्मजयन्ती पारेर आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो सन्धी हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने चेतावनसी समेत दिए ।
उनले भने, ‘अहिले मैले सुनिरहेको छु, नेपाल र भारतबीच सुपदर्गी सन्धी हुँदैछ । त्यो सन्धि हुँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेवाला छ।’
यो विषय पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै सुनाउन चाहेको समेत खनालले बताए ।