Ad Image

झिगुखोलाको बाढीले बगाएका भण्डारीको श*व सुनकोशीमा भेटियो

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

काभ्रेपलाञ्चोक । धान खेतमा पानी लगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोशी नदीमा भेटिएको हो । 
 
भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो । झिगुखोला पाँचखाल हुँदै सुनकोशी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ । 
 
त्यसैगरी काभ्रेपलाञ्चोकको पनौती नपा–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट अन्दाजी छ मिटर तल खस्दा मोटरसाइकमा सवार ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको छ । 
 
करिब ११ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुजनाका श्रीमान् पनौती–५ का वियज थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएको र उनीहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।