Ad Image

रवि लामिछानेलाई थुन्नु नै सरकारको उपलब्धि हो : स्वर्णिम वाग्ले

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/swarnim-wagle_tB17EP9b8h.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा ठूला दलहरू भ्रष्टहरूको फाइल जोगाउनका लागि मिलेर सरकार बनाउने प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले संविधान संशोधनलाई बहाना बनाएर गरिएको ‘सफेद झुट’ भएको जिकिर गरे ।

उनले समृद्धि र सुशासनको नारा दिने सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद भएको बताए ।

वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठानेको भन्दै अब छिट्टै ठूला दलले त्यसको नतिजा भोग्ने चेतावनी दिए ।