कम्युनिष्ट एकता भावनाले होइन, सही विचारले हुन्छ : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्टहरूको एकता केवल भावनाले मात्र सम्भव नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सही विचारबिना कम्युनिष्टहरू एकताबद्ध हुन नसक्नेमा जोड दिए ।
खनालका अनुसार, सही विचार भनेको नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुगेको वास्तविकतालाई स्वीकार गर्नु हो ।
उनले माक्र्सवाद–लेनिनवाद नै कम्युनिष्टहरूको सार्वभौम मार्गदर्शक सिद्धान्त भएको र यसमा अनावश्यक पुच्छर जोड्नु आवश्यक नरहेको बताए । नेता खनालले बहुदलीय जनवाद समाजवाद नभएको र पुँजीवादी जनवादबाट समाजवाद ल्याउन नसकिने समेत स्पष्ट पारे ।