Ad Image

कम्बोडिया–थाइल्याण्ड युद्धविराम गर्न सहमत

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cobodia-thailand.jpg

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् । दुई देशबीच सीमा विवादका कारण बढ्दो तनाव र हिंसात्मक झडपले कम्तीमा ३० जनाको ज्यान लिएपछि ट्रम्पले शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेलेका हुन् ।

यसअघि, कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावलाई स्वागत गर्दै आफ्ना विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग यसबारे छलफल गर्ने जानकारी दिएका थिए ।

राष्ट्रपति ट्रम्पले झडप नरोकिएसम्म दुवै देशसँग कुनै पनि व्यापार सम्झौताबारे छलफल नगर्ने चेतावनी दिएका थिए, जसले युद्धविरामका लागि दबाब सिर्जना गरेको मानिएको छ ।