Ad Image

बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङको यातायात ठप्प

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiro_beni_road_jomsom_BSt87VtErw.jpg

म्याग्दी । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने घोप्टेभिरमा सुक्खा पहिरो खसेका कारण बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । यसले गर्दा पर्यटकीय जिल्ला मुस्ताङको राष्ट्रिय राजमार्गसँगको सीधा यातायात सम्पर्क टुटेको छ ।

सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालका अनुसार, सडक खुलाउन सडक विभागको उपकरण परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा स्थानीयका साथै मुस्ताङ भ्रमणमा निस्केका पर्यटकहरू पनि प्रभावित भएका छन् ।

प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द रहेकाले वैकल्पिक मार्गको समेत अभाव भएको छ । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रेमा र मुस्ताङबाट फर्किनेहरू घाँसामा रोकिएका छन् ।