Ad Image

‘हावाको झोक्का’मा नअल्झिनुस्, पार्टी निर्माणमा लाग्नुहोस् : ओली

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aaa-1536x1023.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको ‘हावाको झोक्का’मा नअल्झिन कार्यकर्तालाई निर्देशन दिँदै पार्टी निर्माणमा एकताबद्ध हुन आग्रह गरेका छन् ।

शनिबार कर्णालीका केन्द्रीय सदस्यहरूसँगको भेटमा ओलीले एमालेले ठूला चुनौतीहरू सामना गरेको र अहिलेको अवस्था सामान्य रहेको बताए । ओलीले देश विकासमा एमाले सरकारले गरेका कामहरू देखेर आत्तिएका शक्तिहरूले पार्टीभित्र अस्थिरता फैलाएको आरोप लगाए । 

उनले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीको सदस्यतासम्बन्धी विषयमा लिएको निर्णयले उनको कद घटाएको र यो दुःखद रहेको बताए । ओलीका अनुसार, एमालेको अबको ध्यान २०८४ सालमा देशको पहिलो शक्ति बन्नमा केन्द्रित हुनुपर्नेछ ।