प्रचण्ड–जनार्दन विवादबीच सुदन किरातीले भने– ‘चाकडी र चाप्लुसी निषेध गरौं’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको आन्तरिक विवाद बढिरहेका बेला शर्मा निकट नेता सुदन किरातीले मुख खोलेका छन् ।
पूर्वमन्त्री किरातीले आज बिहान सामाजिक सञ्जालमार्फत पार्टीको शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणका लागि चारवटा शर्तहरू अगाडि सारेका छन् । ती शर्तहरूमा उनले लोभ–लालच त्याग्न, प्रश्न गर्नेलाई विभाजनकारी आरोप लगाउने प्रवृत्तिविरुद्ध लड्न र चाकडी–चाप्लुसी निषेध गर्न आह्वान गरेका छन् ।
यसअघि, उपमहासचिव शर्माले पार्टीमा निरंकुशता र व्यक्तिवाद हाबी भएको भन्दै नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउनुपर्ने र पार्टी पुनर्गठन आवश्यक रहेको बताएका थिए । शर्माको भनाइको भोलिपल्टै प्रचण्डले आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए ।
यस्ता छन् सुदन किरातीका चार शर्त: