Ad Image

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर २ हजार २९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।