Ad Image

गाजामा इजरायलको ‘निर्मम युद्ध अ*पराध’: २ वर्षमा मा*रिए ६२ हजार निर्दोष नागरिक

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gaza hamala.jpg

एजेन्सी । विगत २ वर्षदेखि इजरायलले प्यालेस्टाइनको गाजामा थोपरेको युद्धलाई पूर्व अमेरिकी सैन्य अधिकारी एन्थोनी अगुल्यरले ‘मानव इतिहासकै निर्दयी र चरम युद्ध अपराध’ भनेका छन् ।

बीबीसीलाई दिएको एक लामो अन्तर्वार्तामा अगुल्यरले गाजामा मानवीय सहायता वितरणका क्रममा आफूले देखेका दृश्यहरू वर्णन गर्दै हजारौँ महिला र बालबालिकाको निर्मम हत्या भएको र भोका बालबालिकाहरूलाई समेत इजरायली सेनाले गोली हानेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवीय सहायता एजेन्सीहरूका अनुसार, इजरायलको यो आक्रमणले राजनीतिक वा सैन्य उद्देश्य मात्र नभई ‘समग्र मानवतामाथि नै प्रश्न उठाएको’ छ । बालबालिका, महिला, वृद्धवृद्धा, अस्पताल, विद्यालय, र शिविरहरू समेत सुरक्षित नरहेको र नागरिकहरूको लक्षित हत्या अन्तर्राष्ट्रिय कानूनअनुसार युद्ध अपराधको गम्भीर आशंका रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तका अनुसार इजरायलले गाजामा खाद्य, पानी, औषधि र इन्धन आपूर्ति बन्द गर्दा लाखौँ नागरिक ‘कृत्रिम रूपमा सिर्जित भोकमरी’को चपेटामा छन् र कुपोषणले सयौँ बालबालिकाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघ, ह्युमन राइट्स वाच, र एम्नेस्टी इन्टरनेसनलले इजरायलका गतिविधिमा गम्भीर प्रश्न उठाए पनि अमेरिका र बेलायतजस्ता मुलुकहरूले इजरायलको ‘आत्मरक्षा’ अधिकारको नाममा लगातार समर्थन गरिरहेका छन् ।

एन्थोनी अगुल्यर भन्छन्, ‘गाजाको वर्तमान स्थिति मानव इतिहासको एक अँध्यारो पाना हो, जहाँ निर्दोषहरू मरेका छन्, आवाजहरू दबिएका छन्, र भोकलाई हतियार बनाइएको छ।’ २ वर्षको अवधिमा गाजामा ६२ हजार निर्दोष नागरिक मारिएका छन्, जसमध्ये ६० प्रतिशत महिला र बालबालिका छन् ।