Ad Image

रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु, भदौभित्र बेलीब्रिज बन्ने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mitheri.jpg

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको रसुवागढीको मितेरी पुलको पुनर्निर्माण सुरु भएको छ ।

चीन सरकारले पुल पुनर्निर्माण र नेपाल–चीन आवतजावत तथा व्यापारिक कारोबार सुचारु गर्न पहिलो चरणमा बेलीब्रिज निर्माण सुरु गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

पुरातात्विक संरचनालाई असर नपर्ने गरी साविकको स्थानबाट दुई मिटर पूर्वतर्फ सारेर पुलको निर्माण भइरहेको छ । चिनियाँ पक्षले आवश्यक औजार र चारवटा स्काभेटर उपकरण प्रयोग गरी ल्हेन्दे खोलाको भुइँ सतह मिलाउने काम अगाडि बढाएको छ ।

चिनियाँ समकक्षीले दिएको जानकारीअनुसार बेलीब्रिजको निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न हुनेछ । यसैबीच, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण भने रोकिएको छ ।