Ad Image

कुलेखानीमा लागुऔषधसहित ४ भारतीय नागरिक पक्राउ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

मकवानपुर । मकवानपुरको इन्द्र सरोबर गाउँपालिका–२, कुलेखानीमा गए राति लागु औषधसहित एउटा भारतीय स्कार्पियो गाडी र ४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भीम फेदीको संयुक्त टोलीले राति ८ः४५ बजे BR05PA9093 नम्बरको भारतीय स्कार्पियो गाडीलाई रोकेर खानतलासी गर्दा गाडीभित्र फल्स बटम बनाई लुकाइएको अवस्थामा विभिन्न प्रकारका कुल ६ हजार ४ सय ४३ एम्पुल लागुऔषध र ४९ ट्याब्लेट ट्रामाडोल फेला परेको थियो ।

पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला सुगौलीका शेख गुलजार (२४), बसिम अहमद (२५), नेसाब आलम (१९), र शेख सकुत (४३) रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।