अध्यक्ष दाहाल र माधव नेपालबीच भेटवार्ता, के–के भयो छलफल?


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवासमा भएको उक्त भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भयो ।
एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीका अनुसार, दुई नेताबीच वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास, अन्तर्राष्ट्रिय युद्ध र त्यसको प्रभाव, साथै सरकारको कार्यशैलीबारे छलफल भएको छ ।
भेटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भइरहेका सहकार्य र एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत कुराकानी भएको थियो ।