परम्परागत प्रणालीसँग जोडेर मात्र आदिवासी जनजाति विकास सम्भव छ : शङ्कर पोखरेल

No Author Assigned | २०८२ साउन ११ गते ११:०८
Image of https://mayorsap.com/storage/photos/10/b36399dd-7e5b-433d-8327-390a78cb5b5c.jpeg

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालका आदिवासी जनजातिको उत्थानका लागि समुदायमा आधारित आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्नेमा जोड दिएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको आजको विस्तारित बैठकमा बोल्दै पोखरेलले प्रत्येक आदिवासी समुदायको परम्परागत सामाजिक, आर्थिक प्रणाली फरक हुने भएकाले त्यसैलाई आधार मानेर तीनै तहका सरकारले विकासका गतिविधि अघि बढाउनुपर्ने बताए ।

उनले आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल लागू गर्दा स्थायित्व नदेखिएको भन्दै, परम्परागत प्रणालीलाई आधुनिक विकाससँग जोडेर नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । पोखरेलले एमाले नै आदिवासी जनजातिलाई नीतिगत रूपमा वकालत गर्ने पहिलो पार्टी भएको दाबी गरे ।

यसैगरी, महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नहुने भन्दै, उनको विषय पेचिलो बनेपछि एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निचोडमा पुगेको जानकारी दिए ।


Facebook Comments